Skip to content

प्रदेश सहकारी तेस्रो संशोधन नियमावली स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेश सहकारी तेस्रो संशोधन नियमावली, २०८२ लाई स्वीकृत गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले वन तथा वातावरण मन्त्रालयले पेस गरेको प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक लुम्बिनी प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरिएको प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेश गरेको अस्थायी संगठन संरचना स्वीकृत गरेको छ । यस्तै आर्थिक वर्ष २०८२/ ८३ को तेस्रो त्रैमासिकका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको हो । यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पेश भएको ज्ञान व्यवस्थापन तथा संस्थागत स्मृति हस्तान्तरण सम्बन्धी कार्यविधि, २०८२ स्वीकृत गर्ने पनि निर्णय भएको सरकारका प्रवक्ता पन्थीले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life