Skip to content

एशियन लाइफ इन्स्योरेन्सको प्रतिसेयर आम्दानी घट्यो, अन्य सूचक कस्ता ?

nabil bank

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३० प्रतिशतले बढेर २६ करोड ३५ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ११.४० प्रतिशत बढेर ४ अर्ब ६४ करोड ६९ लाख १५ हजार रुपैयाँ पुगेको छ । गत आर्थि वर्षको ६ महिनासम्म यस कम्पनी बीमाशुल्क आर्जन ४ अर्ब १७ करोड १३ लाख ४८ हजार रुपैयाँ गरेको थियो ।

यसैगरी, कम्पनीले खुद दाबी भुक्तानी ७.७२ प्रतिशत बढाएर ५ अर्ब २३ करोड ८२ लाख ८३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ४ अर्ब ८५ करोड ९६ लाख २६ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरेको थियो ।

नाफा बढेपनि इन्स्योरेन्सको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४ रुपैयाँ १८ पैसा घटेर १० रुपैयाँ ५४ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी घट्न पुगेको हो। पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४४.९४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ७३ पैसा रहेको छ।

कम्पनीको चुक्ता पुँजी ५ अर्ब ११ लाख रुपैयाँ र सेयर प्रिमियम १० करोड ९९ लाख रुपैयाँ, महाविपत्ती कोषमा ३१ करोड ३८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ९१ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा ९ करोड ४० लाख रुपैयाँ रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi