Skip to content

दुर्गा प्रसाईं चालनाखेलबाट पक्राउ

काठमाडौं । विवादित व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई शुक्रबार बिहान ललितपुरकाे चालनाखेल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

साइबर ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दीपकराज अवस्थीले प्रसाईं पक्राउ परेको पुष्टि गरेका छन्। निर्वाचन आयोगले आचारसंहिताविपरीत गतिविधि गरेको आरोपसमेत रहेकाले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि निर्वाचन आयोगविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनी पोखराबाट पक्राउ परेका थिए । तर पछि हाजिरी जमानीमा रिहा गरिएको थियो। प्रसाईंविरुद्ध साइबर अपराध सम्बन्धी उजुरी परेपछि प्रहरीले पुनः अनुसन्धान अघि बढाएको जनाएको छ। केही दिनअघि मात्रै उनले प्रहरी परिसरमा उपस्थित भएर बयान दिएका थिए।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T