काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न माग गरेको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले प्रसाईंलाई रिहा गर्न माग गरेको लगानीन्युसलाई बताए ।
‘दुर्गा प्रसाईंलाई दुःख दिने नियतबाट पटक–पटक पक्राउ गर्नु आश्चर्यको विषय हो,’ प्रवक्ता श्रेष्ठले भने, ‘राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित छ ।’ प्रसाईंलाई बिना सर्त रिहा गरियोस् ।’
यसैगरी, सामाजिक सञ्जाल हाल भद्दा, नकारात्मकता र लाञ्छित टिप्पणीहरुले भरिएका छन्, जसलाई नियमन सरकारले गर्नु पर्ने उनले बताए । तर, यस बहानामा व्यक्ति लक्षित गरेर दुर्गा प्रसाई, मोहन लामा रुम्बा र लक्ष्मी घिमिरेमाथि मात्र निशाना साध्दा यो चुनाव होइन मुठभेड चाहिरहेका उनको बुझाई छ ।







प्रतिक्रिया दिनुहोस्