काठमाडौं । कर्जाको ब्याजदर वर्षेनी घट्दो अवस्था छ । गएको एक वर्षको अवधिमा कर्जाको ब्याजदर औसत करिक साढे एक प्रतिशत घटेको हो ।
बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनासम्म आउँदा कर्जाको ब्याजदर औसत ५.३४ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ब्याजदर औसत ६.७५ प्रतशित रहेको थियो ।
यस अवधिमा सबैभन्दा कम बेसरेट राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । यस बैंकको बेसरेट चालु आवको दोस्रो त्रैमासम्म ४.४२ प्रतिशत रहेको छ । यस बैंकको बेसरेट एक वर्षमा १.२२ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म यस बैंकको यस्तो रेट ५.६४ प्रतिशत रहेको थियो ।
यसैगरी, यस अवधिमा सबैभन्दा धेरै बेसरेट भएको बैंक प्राइम कमर्सियल बैंक रहेको छ । चालु आवको दोस्रो त्रैमाससम्म आउँदा यस बैंकको बेसरेट ५.७२ प्रतिशत रहेको छ । यस बैंकको बेसरेट एक वर्षमा १.४० प्रतशित बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यस बैंकको यस्तो रेट ७.१२ प्रतिशत रहेको थियो ।
यस अवधिमा सबैभन्दा धेरै बेसरेट कृषि विकास बैंकको घटेको छ । यस बैंकको कर्जाको बेसरेट एक वर्षमा १.५८ प्रतिशत घटेर ५.०२ प्रतिशतमा झरेको छ । गत आर्थिकको दोस्रो त्रैमासम्म आउँदा यस बैंकको बेसरेट ६.६० प्रतिशत रहेको थियो ।
यस अवधिमा ५ प्रतिशतभन्दा तल बेसरेट भएको बैंक एभरेष्ट बैंक, नेपाल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ ।







प्रतिक्रिया दिनुहोस्