Skip to content

अधिकारीलाई धरौटीमा रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ ।

आज न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको हो ।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश जारी गरेको थियो ।

उक्त आदेशविरुद्ध अधिकारीले सर्वोच्चमा रिट दायर गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अधिकारीविरुद्ध मुद्दा दायर गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life