काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान) को ४५औँ वार्षिक साधारण सभा तथा नेशनल म्यानेजमेन्ट कन्भेन्सन २०२६ काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले देशको समग्र विकास, सुशासन प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणका लागि दक्ष व्यवस्थापनको भूमिका अपरिहार्य रहेको बताए । प्रभावकारी व्यवस्थापन बिना आर्थिक तथा संस्थागत सुधार सम्भव नहुने धारणा उनले व्यक्त गरे ।
कार्यक्रममा संघले प्रदान गर्दै आएका विभिन्न प्रतिष्ठित पुरस्कारहरू घोषणा तथा वितरण गरिएको छ । “म्यानेजर अफ द इयर अवार्ड” नीलेशमान सिंह प्रधानलाई प्रदान गरिएको छ । त्यस्तै “लाइफटाइम कन्ट्रिब्युसन अवार्ड” पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई प्रदान गरिएको छ । साथै म्यान सिटिजन्स इन्प्राइजिङ अवार्डबाट गौरव उप्रेती सम्मानित भएका छन् ।
संघको २२औँ प्रबन्ध समितिको निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत गुणराज भट्टका अनुसार सबै पदमा निर्विरोध निर्वाचन भई नयाँ कार्यसमिति चयन गरिएको घोषणा गरिएको छ ।
नवनिर्वाचित कार्यसमितिको सभापतिमा हेम कुमारी अधिकारी चयन भइन् । उपसभापतिमा जिनेन्द्र धिताल र कृष्णप्रसाद आचार्य चयन भएका छन् । महासचिवमा ईश कुमार श्रेष्ठ तथा कोषाध्यक्षमा चंकी क्षेत्री चयन भएका छन् ।
यस्तै कार्यकारी सदस्यहरूमा मधु पौडेल, बुद्धि कुमार मल्ल, अनु जोशी, बाबुराम शर्मा, अरुणकुमार सिग्देल, धर्मानन्द अवस्थी, कृष्णप्रसाद शर्मा र कृष्णकुमार भट्टराई चयन भए ।
संस्थागत सदस्यतर्फ उर्मिला श्रेष्ठ (साल्ट ट्रेडिङ कर्पोरेशन), महेश शर्मा ढकाल (नेपाल इन्भेष्टमेन्ट मेगा बैंक), देवेन्द्र रमण खनाल (राष्ट्रिय वाणिज्य बैंक) र पर्वत कुमार कार्की (नागरिक लगानी कोष) चयन भएको संघले जनाएको छ ।
व्यवस्थापन पेशालाई सम्मानित, व्यावसायिक तथा प्रभावकारी बनाउने उद्देश्यसहित आयोजना गरिएको कन्भेन्सनले व्यवस्थापन क्षेत्रका समसामयिक मुद्दा, नेतृत्व विकास, वित्तीय नवप्रवर्तन तथा संस्थागत सुशासनका विषयमा बहसलाई थप उचाइमा पुर्याएको आयोजकको विश्वास छ ।








प्रतिक्रिया दिनुहोस्