Skip to content

बैंकले कर्मचारी बोनसका लागि छुट्याए ४ अर्ब ६३ करोडः ११ वटाको बढ्यो, ९ बैंकले घटाए

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा वाणिज्य बैंकले आफ्ना कर्मचारीलाई ४ अर्ब ६३ करोड ८१ लाख ६० हजार रुपैयाँ रकम बोनसको लागि छुट्याएका छन् । बैंकले हरेक आर्थिक वर्ष सकिएपछि कर्मचारीलाई बोनस दिन्छन् । तर त्यसका लागि भने प्रत्येक त्रैमासमा यस्तो रकम छुट्याएर राख्ने गरेका छन् ।

यस्तो रकम गत आवको सोही अवधिको तुलनामा ८.९९ प्रतिशतले बढेको छ । गत आवको दोस्रो त्रैमाससम्म २० वाणिज्य बैंकहरुले कर्मचारीका लागि ४ अर्ब २५ करोड ५५ लाख ३२ हजार रहेको थियो । २० बैंकमा एउटा बैंकले कर्मचारीलाई छुट्याउने बोनस सेयर ऋणात्मक रहेको छ ।

बैंकहरुले प्रकाशित गरेको रिपोर्ट अनुसार बाँकी १९ बैंकमा ९ वटा बैंकले कर्मचारीका लागि बोनसका लागि छुट्याउने रकम घटेको छ भने ११ वटा बैंकले कर्मचारी बोनसका लागि छुट्याउने रकम बढेको छ । पुस मसान्तसम्म बैंकले कर्मचारीको बोनसका लागि सबैभन्दा धेरै नबिल बैंकको रहेको छ । नबिलले कर्मचारीको बोनसका लागि छुट्याएको रकम ४२.५७ प्रतिशतले बढेर ७३ करोड ४४ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

यस्तै ग्लोबल आइएमई बैंकको ४.३७ प्रतिशतले बढेर ४८ करोड ७७ लाख २५ हजार, कुमारी बैंकको ५२८.७१ प्रतिशतले बढेर ४८ करोड २३ लाख ५ हजार, एभरेष्ट बैंकको १.९९ प्रतिशतले बढेर ३५ करोड २० लाख ८२ हजार, प्राइम बैंकको ९.६८ प्रतिशतले बढेर ३२ करोड ४४ लाख २८ हजार, सिद्धार्थ बैंकको १५५.१३ प्रतिशतले बढेर २१ करोड ६२ लाख १ हजार रुपैयाँ रहेको छ ।

यस्तै सानिमा बैैकको १७.८२ प्रतिशतले बढेर २१ करोड ५९ लाख ३१ हजार, नेपाल एसबिआई बैंकको ९.६८ प्रतिशतले बढेर १६ करोड ३७ लाख ५ हजार, माछापुच्छ्रे बैंकको २५.२५ प्रतिशतले बढेर १६ करोड ५ लाख ४ हजार, राष्ट्रिय वाणिज्य बैंकको १३२.०४ प्रतिशतले बढेर १३ करोड ३१ लाख २१ हजार, नेपाल बैंकको ३९२.८६ प्रतिशतले बढेर १० करोड ८५ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म नेपाल इन्भेष्टमेन्ट बैंकले कर्मचारीको बोनसका लागि छुट्याएको रकम ४२.२५ प्रतिशतले घटेर २५ करोड ९८ लाख ६३ हजार, एनएमबि बैंकको १७.९३ प्रतिशतले घटेर २५ करोड ८८ लाख ८१ हजार, प्रभु बैंकको २२ प्रतिशतले घटेर २१ करोड ८७ लाख ३ हजार, स्टयान्डर्ड चार्टर्ड बैंकको १६.२९ प्रतिशतले घटेर २१ करोड ७९ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

यस्तै पुस मसान्तसम्म हिमालयन बैंकको १६.०६ प्रतिशतले घटेर २० करोड २५ लाख ३० हजार, सिटिजन्स बैंकको ४३.७९ प्रतिशतले घटेर ५ करोड ७५ लाख ७८ हजार, कृषि विकास बैंकको २५.०४ प्रतिशतले घटेर ५ करोड ३१ लाख ९० हजार, एनआईसी एशिया बैंकको १३.५४ प्रतिशतले घटेर २ करोड ८ लाख २४ हजार रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi