काठमाडौं । नवलपरासी पश्चिम जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सचेत गराएको छ । आगामी निर्वाचनका लागि विभिन्न जिल्ला दौडाहमा रहेका लामिछानेलाई प्रशासनले सचेत गराएको हो ।
लामिछाने नवलपरासी पश्चिमका विभिन्न क्षेत्रमा जाने कार्यक्रम रहेको छ । लामिछाने सहभागी हुने कार्यक्रम निर्वाचन आचारसंहिता विपरीत काम भइरहेको स्मरण गराएको छ । कार्यालयले निर्वाचन आचारसंहिताविपरित हुने काम नगर्न समेत भनेको छ ।
‘प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता, २०८२ लागु भई परिपालना सम्बन्धमा मिति २०८२ साल माघ १४ गते सूचना समेत जारी भएको व्यहोरा विदित्तै छ । उपर्युक्त सम्बन्धमा मिति २०८२ साल माघ २७ गते यस जिल्लामा ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने गरी निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराईन्छ’ प्रशासनले जारी गरेको निर्देशनमा उल्लेख छ ।











प्रतिक्रिया दिनुहोस्