Skip to content

जाफ्स अध्यक्षमा डा. भुसाल निर्विरोध निर्वाचित

nabil bank

काठमाडौं । जाइका अलमनाई एसोसिएसन फोरम अफ सार्क कन्ट्रिज (जाफ्स) को अध्यक्षमा डा. रामचन्द्र भुसाल निर्वाचित भएका छन् ।

श्रीलंकाको राजधानी कोलम्बोमा भएको ३ दिने ‘दक्षिण एसियाको सामाजिक तथा आर्थिक विकासमा जापानको योगदान’ विषयक अन्तर्राष्ट्रिय सेमिनार तथा सार्क क्षेत्रका जाइका अलमनाई (जाफ्स) को निर्वाचनमा डा. भुसाल निर्विरोध निर्वाचित भएका हुन् । डा. भुसाल नेपाल जाइका अलमनाई एसोसिएसन (जान) का वर्तमान अध्यक्ष हुन् । उनी सन् २०१७ देखि हालसम्म जाफ्सको महासचिव थिए ।

सेमिनारमा श्रीलंकाका लागि जापानी राजदूत आकिको इसोमाताले सार्क क्षेत्रको छाता संगठनको रुपमा रहेको जाफ्सले जापान र सार्क क्षेत्रका देशहरू बीचको सुमधुर सम्बन्ध कायम राख्दै सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।

जाइका श्रीलंकाका प्रमुख केन्जी कुरोनुमाले अहिलेको विश्वमा समाजिक तथा आर्थिक विकास सबै राष्ट्रको प्राथमिकतामा रहेको बताए ।

त्यसको लागि अन्तर्राष्ट्रिय सहयोग तथा सद्भाव आवश्यक पर्ने हुँदा विभिन्न देशमा रहेका जाफ्सका सदस्यहरू बीचको सञ्जाल, समन्वय र एकता महत्वपूर्ण हुने र जाफ्सका कार्यक्रममा जाइकाको सहयोग रहने बताए ।

जाफ्सका अध्यक्ष डा. भुसालले जापानले सार्क क्षेत्रमा निस्वार्थ, भरपर्दो र दिगो रुपमा सहयोग गर्दै आएको र जापानबाट हामीले इमान्दारिता आफ्नो जिम्मेवारीको जवाफदेहिता, अनुशासन, समयनिष्ठता र जापानीहरूले आआफ्नो पेशामा गर्ने मेहनत सिक्नु पर्ने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi