Skip to content

निर्वाचनका लागि भारतले सवारी साधन उपलब्ध गराएप्रति प्रधानमन्त्री कार्कीद्वारा खुसी व्यक्त

nabil bank

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि मित्रराष्ट्र भारतले गरेको सहयोगका लागि धन्यवाद दिएकी छिन्

प्रधानमन्त्री कार्कीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई सिंहदरबारमा बोलाएर मुलुकको विशेष अवस्थामा हुन लागेको निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न सवारी साधन लगायत विभिन्न सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिइन्।


जवाफमा भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा सदैव साथ रहने र मित्रवत् छिमेकीका नाताले सहयोग गर्नु आफ्नो कर्तव्य रहेको बताए ।

साथै निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि पनि महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi