Skip to content

एसबिआई बैंक लुटपाटमा संलग्न पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । सिन्धुली जिल्लाको घ्याङ्लेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबिआई बैंक लिमिटेड, घ्याङ्लेख शाखामा भएको संगठित बैंक लुटपाट घटनामा संलग्न आरोपितहरूलाई पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार २०८२ पुस २९ गते उक्त शाखामा संगठित समूहले चोरी गरेको थियो। घटनापछि प्रहरीले अनुसन्धान तीव्र पार्दै संलग्न रहेको आरोपमा विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेहरूमा सिन्धुली घ्याङ्लेख गाउँपालिका–२ हायुटारका ४३ वर्षीय छविलाल स्याङतान, सोही स्थानका ४३ वर्षीय चतुरमान बजु, ५३ वर्षीय ज्ञानबहादुर भ्लोन तामाङ, चितवन भरतपुर महानगरपालिका–२ पोखरा बसपार्क बस्ने २२ वर्षीय शशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका–५ भेडाबारीका २२ वर्षीय विवेक मगर तथा २३ वर्षीय मिलन गिरी रहेका छन्। उनीहरूलाई सिन्धुली जिल्ला अदालतको मिति २०८२ माघ २७ गतेको आदेशअनुसार मुद्दा पुर्पक्षका लागि कारागार कार्यालय सिन्धुली चलान गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, सोही घटनामा संलग्न एक जना नाबालकलाई भने परिवर्तित नाम राखी मुद्दा पुर्पक्षका लागि बालसुधार गृह पठाउन अदालतले आदेश दिएको छ। बैंक लुटपाटजस्तो गम्भीर आपराधिक घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi