Skip to content

पुनर्बीमा कम्पनीको अध्यक्ष लम्सालले लिए शपथ

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अमृत लम्साल नियुक्त भएका छन्। उनलाई नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले आज कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

नेपाल सरकारले भन्सार विभागका उपमहानिर्देशक रहेका लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो।

शपथ ग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi