Skip to content

एनआईसी एशिया बैंकले ६.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा दिने

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई १० करोडसम्मको घर कर्जा दिने गर्ने उद्देश्यअनुरूप ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यस घर कर्जा योजना अन्तर्गत ७ वर्षको लागि ६.९९ प्रतिशत स्थिर ब्याजदर एवं अन्य आकर्षक सेवा सहित उपलब्ध हुनेछ ।

न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म प्रदान गरिने याे एनआईसी एशिया साथी घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पुनः निर्माण गर्न एवं घडेरी खरिद गर्नका लागि सहज कर्जा प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको छ ।

घर खरिद तथा निर्माण गर्ने ग्राहकको सपना साकार पार्न ठोस टेवा पुर्याउने उद्देश्यले बैंकले ल्याएको यस कर्जा योजना अन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको छ । साथै, यस योजना अन्तर्गत घर कर्जा लिने ग्राहकले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त हुने बैंकले जनाएको छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi