Skip to content

महाशिवरात्रिमा चन्द्रागिरी जानेलाई दिउँसो ४ः३० बजेबाट केबलकारमा ५० प्रतिशत छुट

काठमाडौं । चन्द्रागिरी हिल्सले महाशिवरात्रिको अवसरमा भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भजन उत्सव आयोजना गर्ने भएको छ। आइतबार दिनभर सञ्चालन हुने उक्त धार्मिक कार्यक्रममा भक्तजनका लागि भजन–कीर्तन तथा साँझ आरतीको विशेष व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

उत्सवमा पोखराको चर्चित युवा भजन टोलीको प्रस्तुति रहनेछ। उत्तम बराल र जुपिटर पौडेलसहितको समूहले दिउँसो २ बजेदेखि ५ बजेसम्म विशेष भजन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।

त्यस्तै, साँझ आरतीमा सहभागी हुन चाहने भक्तजनलाई लक्षित गर्दै चन्द्रागिरी केबलकारले साँझ साढे ४ बजेदेखि केबलकार शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ। सो दिन केबलकार सेवा राति ८ बजेसम्म सञ्चालनमा रहने जनाइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life