Skip to content
Prabhu

रसुवागढी हाइड्रोपावर कम्पनीको साधारणसभा असार ११ गते

 

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो साधारण सभाको मिति घोषणा गरेको छ । कम्पनीले दशौं र एघारौं वार्षिक साधारणसभा (एजीएम) को मिति असार ११ गतेका लागि तोकेको हो ।

कम्पनीको जेठ १२ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो । साधारण सभामा कम्पनीले दुबै आवका लागि लाभांश सम्बन्धी कुनै एजेण्डा समावेश नरहेको जनाएको छ ।

सभाले आव २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ । साथै, चालु आवका लागि लेखापरीक्षकको नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभाले २ जना स्वतन्त्र सञ्चालकको नियुक्ती र सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले आगामी जेठ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । सोको अघिल्लो दिनसम्म नेप्सेमा काराबार भइ कामय सेयरधनी सभामा भाग लिन पाउने छन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal