Skip to content
Prabhu

नेशनल लाइफको बिमालेख नवीकरण गर्दा विलम्ब शुल्क नलाग्ने

 

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने निर्णय गरेको छ । कम्पनीले व्यतित बिमा खेल नवीकरण गर्दा सतप्रतिशत छुट दिने निर्णय गरेको हो ।

कम्पनीबाट जारी भई व्यतित भएका बिमालेखहरूलाई जेठ १० गतेदेखि असार १५ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा छुट दिने भएको हो । कम्पनीले २०७७ सालदेखि हालसम्म व्यतित भएका बिमालेखमा सत प्रतिशत, ०७४ साल चैत २ गतेदेखि २०७७ साल चैत १ गतेसम्म व्यतित बिमालेखमा ७५ प्रतिशत र अन्तिम बिमाशुल्क भुक्तानी गरेको मितिबाट २०७४ साल चैत्र १ गतेसम्म व्यतित बिमालेखमा ६० प्रतिशत छुट दिने जनाएको छ ।

साथै, नवीकरण मितिले दुई वर्षभित्र अवधि समाप्ति हुने बिमालेखमा छुट नहुने र बिमा अवधिभर यो सुविधा एकपटक मात्र लागु हुने कम्पनीले बताएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal