भद्रपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनि नसकेको बताएका छन् ।
काठमाडौबाट झापाका चुनावी कार्यक्रमका लागि आउने क्रममा भद्रपुर बिमानस्थलमा अध्यक्ष ओलीले पार्टी चुनावको तयारीमा लागि रहेको तर ढुक्कको वातावरण बनि नसकेको जनाएका छन् । यस बारेमा सरकारले धेरै कुरा जान्नु पर्ने समेत बताए ।
यस अघि अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ का कमल, गौरादह तथा गौरीगञ्जका विभिन्न टोलमा पुगेर मतदाताहरुसँग भेट गरे । यस दमक अध्यक्ष ओलीको भेटघाट दमकमा केन्द्रित हुने छ ।
आसन्न प्रतिनिधी सभा निर्वाचनका लागि झापा क्षेत्र–५ बाट उम्मेद्वार रहेका पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली २०४८ सालको निर्वाचन देखिनै यहि भुगोलबाट निर्वाचित हुँदै आएका छन् ।








प्रतिक्रिया दिनुहोस्