Skip to content
Prabhu

एनआईसी एसिया लघुवित्त वित्तीयको सञ्चालकमा मिलन सिग्देल

 

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिनिधि संचालकमा मिलन सिग्देल नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको संस्थापक समूहमा एनआईसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका संचालक कमल खड्काको स्थानमा सिग्देललाई नियुक्त गरिएको हो ।

संचालक समितिको जेठ १३ गते बसेको बैठकले उक्त संचालक पदको बाँकी कार्यकाल सम्मका लागि सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको हो । साथै, उनले पदका लागि शपथ ग्रहण समेत गरिसकेको कम्पनीले जनाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal