Skip to content

सुनको मूल्य सामान्य घट्यो, चाँदीको भाउ बढ्यो

nabil bank

काठमाडौं । मंगलबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ९०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलाको २५ रुपैयाँ बढेको छ ।

आजको बजारमा सुनको मूल्य तोलाको ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य तोलाको ३ लाख २ हजार ८०० रुपैयाँ थियो ।

यसैगरी, मंगलबार चाँदी तोलाको ४ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य तोलाको ४ हजार ८६० रुपैयाँ रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi