काठमाडौं । काठमाडौँ जिल्लामा गत माघ महिनामा ९७६ अपराधका मुद्दा दर्ता भएको छ ।
ती मुद्दामध्ये १५१ जघन्य तथा गम्भीर अपराध, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित २२, आर्थिक अपराध ४६३ र अन्य प्रकृतिका ३४० वटा मुद्दा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
यस बीचमा ‘विशेष अपरेसन’ चलाएर काठमाडौँमा मोटरसाइकलमा चढी सडकमा हिँड्ने व्यक्तिमाथि लुटपाट गर्ने १० जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको प्रहरीले जनाएको छ ।
फैसला कार्यान्वयनतर्फ भने ३६० जनालाई पक्राउ गरी उनीहरूबाट दुई करोड २० लाख जरिवाना असुलसमेत भएको प्रहरीले जानकारी दिएको छ । यस्तै चालु मुद्दातर्फ ७०९ जनालाई पक्राउ गरिएको छ । यसमा ६३७ पुरुष छन् ।
महिला बालबालिकासँगसम्बन्धित उजुरी घरेलु हिंसातर्फ १४९ र ठाडो निवेदन ४९ दर्ता हुन आएकामा घरेलु हिंसाका १३१ र ठाडो निवेदनमा ३६ मिलापत्र भएको प्रहरीले पनि प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्