झापा । नेकपा एमालेका अध्यक्ष एवं झापा–५ का उम्मेद्वार केपी शर्मा ओलीले आज चुनावी प्रतिवद्धता सार्वजनिक गर्ने भएका छन् ।
निर्वाचन प्रचारका क्रममा रहनु भएका अध्यक्ष ओलीले दिउँसो ३ बजे दमक ९ स्थित अमरसिंह चौकमा प्रतिवद्धता पत्र सार्वजनिक गर्न लागेका छन् ।
ओलीको निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार प्रतिवद्धता पत्रमा अध्यक्ष ओलीले आफू विजयी भएपछि यस क्षेत्रमा गर्ने कामको फेहरिस्त उल्लेख गरिएको छ । प्रतिवद्धता पत्रमा नेपालमा कम्यूनिष्ट पार्टीको स्थापना,एमालेको नेतृत्वमा गठन भएका सरकारले गरेका राम्रा कामको पृष्ठभूमी,सरकारले थालेका तर अपुरा रहेका योजनाहरुको विस्तृत विवरण समेटिएको दाहालले जानकारी दिए ।
अमरसिंह चौकमा आयोजना गरिएको चुनाव प्रचार कार्यक्रममा नै प्रतिबद्धता पत्र सार्वजनिक गरिने दाहालले जानकारी दिए । अध्यक्ष ओलीले आज दमक ३ स्थित दुम्से,टुकुरेमा प्रचारप्रसारको कार्यक्रम रहेको छ । दमक ८ स्थित संगम चौक,कृष्ण मन्दिर,धनपती मैनालीको घर हुँदै दमक १० स्थित सूर्य चौकमा पनि प्रचारप्रसारको कार्यक्रम रहेको छ ।










प्रतिक्रिया दिनुहोस्