Skip to content

दुर्गा प्रसाईंलाई बिना शर्त अविलम्ब रिहा गर्न राप्रपाको माग

nabil bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुर्गा प्रसाईंलाई अविलम्ब, बिना शर्त रिहा गर्न माग गरेको छ ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले प्रसाई पक्राउ परे लगत्तै सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो आग्रह गरेका हुन् ।

‘रातको समयमा दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र उदांगो पारेको छ’ उनले फेसबुकमा लेखेका छन, ‘सरकार देशलाई मुठभेडतर्फ धकेल्ने प्रपञ्च गर्दैछ । बिना कारण एउटै व्यक्तिमाथि प्रतिशोध साँधेर पटक–पटक पक्राउ गर्नुले सरकारको तानाशाही चरित्रको पुष्टि हुन्छ ।’

प्रसाई सोमबार मध्यराति भक्तपुरस्थित उनकै निवासबाटै पक्राउ परेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi