Skip to content

ओलीसँग झापा क्षेत्र-५ का स्थानीयको माग: सिंचाई सुविधा र बुद्धमूर्तीसहितको पार्क चाहियो

nabil bank

दमक । झापाको निर्वाचन क्षेत्र–५ को उत्तरी क्षेत्रका बासिन्दाले सिँचाईको सुविधा उपलव्ध गराई दिन नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समक्ष माग गरेका छन् ।

आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्रका उम्मेद्वार समेत रहेका ओली मंगलबार स्थानीयसँगको भेटघाटका लागि पुगेको समयमा उनीहरुले यस्तो माग गरेका हुन् ।

विगतमा सडक, विद्युत, खानेपानी लगायतको सुविधा ओलीकै पहलबाट प्राप्त भएको भन्दै बाँकि सुविधा पनि ओलीकै प्रयासबाट प्राप्त हुनेमा आशावादी रहेको दमक ३ का डिकेन्द्र घिमिरेले बताए ।

दमक ३ को दुम्सेमा भएको भेटघाटका क्रममा स्थानीयले सो क्षेत्रमा निर्माणको प्रकृयामा रहेको बिराट बुद्धमुर्ती सहितको पार्कलाई गति दिन आग्रह गरे ।

दमकको दक्षिणी क्षेत्रमा औद्योगीक पार्क, मध्य भागमा भ्युटावर र उत्तरी भेगमा बुद्धमूर्ती सहितको पार्कले दीर्घकालीन रुपमा दमकलाई अन्तर्राष्ट्रिय औद्योगीक र पर्यटकीय सहरको रुपमा विकास गर्ने स्थानीयबासीको अपेक्षा रहेको छ ।

अध्यक्ष ओली मंगलबार दमकका विभिन्न स्थानमा हुने भेटघाट र छलफलमा सहभागी भएका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi