Skip to content

नेपाल पुनर्बिमा कम्पनीको सीईओमा सुरेन्द्र थापा

 

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्र थापा नियुक्त भएका छन् । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले थापालाई चार बर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल पुनर्बिमा कम्पनीको सीईओ छनौट समितिले सर्टलिष्टमा परेका पाँच जनामध्येबाट प्रस्तुतीकरण लिइसकेपछि थापालाई बोर्डले सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । सीईओका लागि दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्कीको नाम सर्टलिष्टमा रहेका थिए ।

सीईओ नियुक्तिसम्बन्धी बीमा प्राधिकरणको संस्थागत सुशासन सम्बन्धी व्यवस्थाअनुसार पूर्व स्वीकृतिका लागि बीमा प्राधिकरण पेस गरी स्वीकृत प्राप्त भएपछि उनको नियुक्ति प्रक्रिया पूरा हुनेछ।

नेपाल पुनर्बिमा कम्पनीको सीईओमा नियुक्त भएका थापाले यसअघि अजोड इन्स्योरेन्सको डिसीईओको जिम्मेवारी सम्हालिसकेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima