Skip to content

हिमालयन बैंकको वीरगञ्ज शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडको वीरगञ्ज शाखा नयाँ भवनमा स्थानान्तरण भएको छ । बैंकले वीरगञ्ज महानगरपालिका–६, महावीररोडस्थित पुरानो शाखा भवनबाट प्रदान गर्दै आएको सेवा अब वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरस्थित पुरानो बसपार्कको नयाँ भवनबाट सञ्चालनमा ल्याएको हो ।

सडक विस्तारका क्रममा पुरानो शाखा भवन सडक मापदण्डभित्र परी भत्किएपछि बैंकले वीरगञ्ज महानगरपालिका–१५, बाइपास रोडस्थित ए–म्याक्स सिनेमा भएको भवनबाट शाखाको सम्पूर्ण बैंकिङ सेवा अस्थायी रूपमा प्रदान गर्दै आएको थियो ।

बैंकका अनुसार उक्त शाखा २०८३ असोज ९ गतेदेखि आदर्शनगरस्थित नयाँ भवनमा स्थानान्तरण भई सम्पूर्ण सेवा–सुविधासहित नियमित रूपमा सञ्चालनमा आएको छ ।

बैंकले नयाँ स्थानबाट पनि ग्राहकलाई आवश्यक सम्पूर्ण बैंकिङ सेवा सहज रूपमा उपलब्ध हुने जनाएको छ । साथै, शाखा स्थानान्तरणसम्बन्धी जानकारी आफ्ना सम्पूर्ण ग्राहक तथा सम्बन्धित सबैलाई गराउन बैंकले सूचना जारी गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima