Skip to content

भोटेकोशी बाढी: बीमा कम्पनीमा करिब २१ अर्बको दाबी,६८ लाख ४८ हजार भुक्तानी, कुनमा कति ?

काठमाडौं । भदौ १० गते भोटेकोशीमा आएको बिनाशकारी बाढीबाट निर्जीवन बीमा कम्पनीहरूमा करिब २१ अर्ब रुपैयाँ बराबरको दाबी परेको छ ।

बीमा प्राधिकरणका अनुसार १८ बीमा कम्पनीमा २० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ दाबी परेको छ । प्राधिकरणका अनुसार २ हजार १८० जना बीमितले उक्त रकमको दाबी गरेका हुन् ।

प्राधिकरणका अनुसार यो अविधमा सबैभन्दा बढी दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ । कम्पनीमा ६ अर्ब २७ करोड ५१ लाख रुपैयाँको १५९ वटा बीमा दाबी परेको छ ।

यस्तै सानिमा जिआईसी इन्स्योरेन्समा ३ अर्ब ५० करोड ७९ लाख रुपैयाँको २४२, शिखर इन्स्योरेन्समा २ अर्ब ९९ करोड ५४ लाख रुपैयाँको ४०१, सगरमाथा लुम्बिनीमा १ अर्ब ९३ करोड ६८ लाख रुपैयाँको २०७, सिद्धार्थ प्रिमियरमा १ अर्ब १२ करोड ३१ लाख रुपैयाँको २०५ वटा दाबी परे‍को छ ।

यस्तै नेकोमा १ अर्ब १ करोड ३६ लाख रुपैयाँको २४०,आईजीआई प्रुडेन्सियलमा ८३ करोड ५० लाख रुपैयाँको २२२, युनाइटेड अजोडमा ८२ करोड ६२ लाख रुपैयाँको ७५, दि ओरियन्टलमा ८२ करोड ३२ लाख रुपैयाँको ११, नेपाल इन्स्योरेन्समा ५६ करोड ११ लाख रुपैयाँको १३१,प्रभु इन्स्योरेन्समा ५० करोड ३२ लाख रुपैयाँको ११४, एनएलजीमा ४६ करोड ११ लाखको ११० वटा दाबी परेको छ ।

यस्तै स्टार माइक्रोमा ६ करोड ४७ लाख रुपैयाँको २२, ट्रस्ट माइक्रोमा २ करोड ७९ लाख रुपैयाँको २२, राष्ट्रिय बीमा कम्पनीमा १ करोड ५७ लाख रुपैयाँको ७, प्रोटेक्टिभ माइक्रोमा ८८ लाख रुपैयाँको ४,नेशनल इन्स्योरेन्समा ५३ लाख रुपैयाँको २ र नेपाल माइक्रोमा ३७ लाख रुपैयाँको ६ वटा बीमा दाबी परेको छ ।

प्राधिकरणका अनुसार सम्पत्ति बीमा तर्फ ९ अर्ब ४१ करोड ५८ लाख,इन्जिनियरिङ तथा ठेक्का तर्फ ४ अर्ब ४१ करोड ४५ लाख, मोटर बीमा तर्फ ३ अर्ब ७ करोड ९३ लाख,परिवहन तर्फ २ अर्ब ४८ करोड ५१ लाख, अन्य बीमा तर्फ १ अर्ब ३६ करोड ८५ लाख र स्वास्थ्य बीमा तर्फ २२ करोड ५२ लाख रुपैयाँको दाबी परेको छ ।

अहिलेसम्म बीमा कम्पनीहरुले ६८ लाख ४८ हजार रुपैयाँ मात्रै भुक्तानी गरेका छन् । शिखरले २६ लाख ६२ हजार, आइजीआईले २२ हजार, युनाइटेड अजोडले ३३ लाख १४ हजार र एनएलजीले ७ लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima