Skip to content

काठमाडौंबाट तीन जना पक्राउ

nabil bank

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिने भन्दै ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–८ बस्ने २६ वर्षीया सरस्वती श्रेष्ठ, काठमाडौँ महानगरपालिका–३० बस्ने ३८ वर्षीय दीपेश श्रेष्ठ तथा खोटाङ केपिलासगढी गाउँपालिका–२ बस्ने ४८ वर्षीय मनिराज राई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनले भने, “पक्राउ परेकामध्ये सरस्वती श्रेष्ठले जापान पठाउने भन्दै २४ लाख, दीपेश श्रेष्ठले आइसल्याण्ड पठाउने भन्दै १७ लाख तथा मनिराज राईले अल्बानिया पठाउने भन्दै ३ लाख ७० हजार रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्नै पीडितहरुको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

पक्राउ परेका तीनै जनामाथी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता कार्कीले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi