Skip to content

बिपन्नले शिक्षा, स्वास्थ्य उपचार पाउनु पर्यो, रास्वपा सरकारमा गयो भने यो काम गर्छः बालेन साह

'२० वर्षमा नबनेको सडक अब डेढ बर्षमा रुखमा बाँधेर हुन्छ की, बाटोमा सुताएर हुन्छ की, खोरमा जाकेर हुन्छ बाटो बन्नु पर्यो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाहले खल्तीमा पैसा नभएको बिपन्न गरिबले शिक्षा, स्वास्थ्य उपचार पाउनु पर्ने बताएका छन् ।

बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताए । २ वर्ष बन्ने बाटो २० वर्षमा पनि नबनेको भन्दै अब डेढ बर्षमा बनाउनु पर्ने उनको भनाइ छ ।

‘रुखमा बाँधेर हुन्छ की, बाटोमा सुताएर हुन्छ की खोरमा जाकेर हुन्छ बाटो बन्नु पर्यो’ उनले भने ‘यो भेगमा मेरो भोट छैन किन बनाउने भनेका छन् । रास्वपा सरकारमा गयो भने काँग्रेस, एमाले, माओवादीदेखि सबै हिडने बाटो बनाउँछ ।’

उनले स्वीटजरल्याण्डको बाउ बडिमालिका यही रहेको, रामारोशन यही रहेको, खप्तड यही रहेकाले नेपाललाई स्वीटजरल्याण्ड बनाउँछु भन्नु आवश्यक नभएको बताए । उनले नेपालमा माल भएर पनि चाल नपाएको दाबी गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima