Skip to content

नेपाली सेना सवार बस दुर्घटना, २४ जना घाइते

nabil bank

काठमाडौं । भोजपुर जिल्लाको भोजपुर नगरपालिका–३ स्थित सेतीबगरमा नेपाली सेना सवार बस दुर्घटनामा परेको छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा २१ प्रतिनिधिसभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न नेपाली सेना सवार बस दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट टेम्केमैयुङका लागि हिँडेको ना४ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको छ ।

दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याईएको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi