Skip to content

एमालेको घोषणापत्रः विप्रेषण पठाउनेको खातामा ५ हजार, सुत्केरी भत्ता २० हजार, ५ लाखसम्मको निःशुल्क बीमा

श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्याइने, ५ लाख रोजगारी सिर्जना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रतिनिधिसभा निर्वाचन २०८२ घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गरे ।

यसैगरी १८ वर्षदेखि २८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म निःशुल्क हरेक महिना १० जीवी इन्टरनेट डाटा, युवा र उद्यमीलाई १० हजार बराबरको डलर कार्ड उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ ।

सूचना प्रविधि र अनलाइन सेवासम्बन्धी तालिम तथा सेवा उपभोग गर्न सहज बनाइ १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख बनाउने वाचा गरेको छ । एमालेले वैदेशिक रोजगारमा रहेका श्रमिकले विप्रेषण पठाउनेलाई बैंक खातामा ५ हजार थप गर्ने तत्काल गर्नुपर्ने काममा उल्लेख गरेको छ । प्राविधिक तर्फ उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाखसम्म निव्र्याजी ऋण उपलब्ध गराउने, स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता र सामाजिक सुरक्षा उपलब्ध गराउने एमालेको घोषणा पत्रमा भनिएको छ ।

यस्तै २० हजार सुत्केरी भत्ता र ५ लाखसम्मको निःशुल्क जीवन बीमा उपलब्ध गराउने घोषणा पत्रमा उल्लेख गरिएको छ । एमालेले राज्यद्वारा गरिब परिवारको रुपमा पहिचान भएका घर परिवारले बैंक तथा वित्तीय संस्थाबाट २०८२ भदौसम्म लिएको २५ हजारसम्मको ऋण मिनाह गराउने भएको छ । शिक्षकको मर्यादा तोक्ने र सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने, सुरक्षाकर्मीको सम्मान र कल्याणका लागि पेशागत मर्यादा, सेवा सुविधा, सामाजिक सुरक्षा र स्वास्थ्य उपचार तथा सीप विकाससँगै सम्मानजनक जीवनयापनको सुनिश्चिता गर्ने एमाले घोषणापत्रमा उल्लेख गरिएको छ । यस्तै सबै विद्यालयका किशोरीलाई निःशुल्क प्याड तथा कक्षा १० सम्मका विद्यार्थीलाई खाजाको व्यवस्था गर्ने एमालेको घोषणापत्रमा उल्लेख गरिएको छ ।

५ लाख रोजगारी सिर्जना

एमालेले उच्च आर्थिक वृद्धिबाट वार्षिक ५ लाख र सूचना प्रविधिको क्षेत्रसहित लक्षित रोजगार कार्यक्रमबाट थप १ लाख गरी वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने भएको छ ।

उद्योग क्षेत्रको विस्तार गरेर कूल ग्रार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान दोब्बर बनाउने, पर्यटन पूर्वाधारको विकास, बजार प्रवर्द्धन, हवाई सेवा विस्तार, आन्तरिक सुरक्षा गर्दै पाँच वर्षमा पर्यटकको आगमन दोब्बर बनाउने घोषणापत्रमा उल्लेख छ ।

५ वर्षभित्र थप ३ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने, सबै स्थानीय तहमा अस्पताल पूर्वाधार निर्माण, आधुनिक उपकरणको व्यवस्था, सेवाको गुणस्तर निर्धारण तथा जनशक्ति व्यवस्थापन गरी विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमा नै उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ । सबै सडकलाई दुई लेनको बनाउने र एक लेनका सडकलाई दुई लेनको बनाउने एमालेको घोषणापत्रमा उल्लेख छ ।

एमालेले सबै राष्ट्रसँग सम्मानजनक सम्बन्ध राख्दै कुनै पनि राष्ट्रको स्वाधिनता, स्वनिर्णय र भौगोलिक अखण्डतामाथिको अतिक्रमण तथा हस्तक्षेप अस्वीकार गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi