Skip to content

अब खुला मञ्च सञ्चालनको व्यवस्थापन वडा-२७ ले गर्ने

nabil bank

काठमाडौं । खुला मञ्च प्रयोग व्यवस्थापनको अधिकार काठमाडौँ महानगरपालिकाको वडा नं। २७ लाई दिन प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।

राजस्व समितिका संयोजक तथा वडा नं ३२ का अध्यक्ष नवराज पराजुलीको संयोजकत्वमा विषयगत समितिका संयोजक र राजस्व समितिका सदस्यहरुको बैठकले सो निर्णय गरेको हो ।

विगतमा विभिन्न संघ संस्था तथा राजनीतिक दलका कार्यक्रम सञ्चालन गर्दा प्रशासन विभाग र महानगर प्रहरी बलको समन्वयमा व्यवस्थापन हुने गरेको थियो । हाल कार्यक्रम सञ्चालन गर्ने आयोजकले निश्चित सर्त, बन्देज तथा दायित्व पूरा गर्ने गरी संघसंस्था तथा राजनीतिक दलका कार्यक्रम सञ्चालनका लागि खुला मञ्च प्रयोग तथा व्यवस्थापन गर्ने अधिकार वडा नं। २७ लाई दिन प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरिएको हो ।

खुला मञ्चमा कार्यक्रम आयोजना गर्ने आयोजकले वडा नं। २७ को धरौटी खातामा २५ हजार धरौटी राख्नुपर्नेछ । मञ्चमा बिहान ८ बजे देखि दिउँसो २ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ८ बजेसम्म गरी २ सिफ्टमा कार्यक्रम सञ्चालन गर्न सकिनेछ । यसरी कार्यक्रम सञ्चालन गर्दा मञ्चको मर्मत सम्भार, विद्युत महसुलसहित प्रति सिफ्ट रु ५ हजार शुल्क तिर्नु पर्ने जनाइएको छ ।

आयोजकले कार्यक्रम स्थलमा आफ्नो पहिचान झल्किने व्यानरबाहेक अन्य विज्ञापनजन्य सामग्री राख्न पाउने छैनन् । टिकट विक्री गरेर सञ्चालन हुने कार्यक्रम गर्न पाइनेछैन । जसले कार्यक्रम सञ्चालन गर्ने अनुमति लिएको सो समयमा तेस्रो पक्षलाई कार्यक्रम सञ्चालनको अनुमति दिन पाइने छैन । जसले जुन कार्यक्रम गर्न स्थल लिएको हो, उसैले तोकिएको कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । कार्यक्रम सञ्चालन गर्दा उत्सर्जन भएको फोहरको व्यवस्थापन गर्ने दायित्व आयोजककै हुनेछ । थप अस्थायी शौचालय आवश्यक पर्ने भएमा आयोजकले घुम्ती शौचालयको व्यवस्था गर्न सक्नेछन् ।

खुला मञ्चको चउरमा १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको कामपाले जनाएको छ । खुला मञ्च २३ हजार ४१५ वर्गमिटरमा फैलिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi