Skip to content

गभर्नर अधिकारीले भने–जलवायुसम्बन्धी जोखिमलाई ख्याल गरेर मात्रै लगानी गर्न निर्देशन

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर मात्रै लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएका छन् । गभर्नर अधिकारीले शनिबार राष्ट्रिय वाणिज्य बैंकद्वारा  काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाहरुलाई सो कुरामा सचेत गराए ।

उक्त कार्यक्रममा गभर्नर अधिकारीले ठूलो लगानी गरेर बनाएको मेलम्ची खानेपानी आयोजना बाढीले सखाप पारेको दृश्टान्त पेस गर्दै जलवायु परिवर्तनको जोखिमको ख्याल नगरी त्यसमा लगानी गरेको भए कस्तो अवस्था हुन्थ्यो भनेर मनन् गर्न पनि आग्रह गरे ।

अधिकारीले जलवायु परिवर्तनको असरलाई ख्याल गरेर लगानी गर्ने कुरामा नेपाल राष्ट्र बैंक र नेपाल सरकार प्रतिबद्ध रहेको बताए । अधिकारीले बैंक तथा वित्तीय संस्थाले जलवायु परिवर्तनले ल्याउने जोखिमलाई ध्यानमा राखेर लगानी गरे मुलुकको आर्थिक विकास सवल ढंगले अघि बढाउन सकिने बताए ।

‘इन्भारोमेन्टल र सोसियलसँग गाँसिएकाका रिस्कहरु अझै जब्बरजस्त रिस्कहरु छन् । हाम्रो प्रत्यक्ष उदाहरण छ–मेलम्ची । त्यत्रो लगानी गरेर हामीले बनायौं । एउटा बाढीले सखाप पारिदियो । एउटा बैंकको लगानी त्यहाँ हुँदो हो त बैंकको अवस्था के हुन्थ्यो ?’ अधिकारीले भने ।

गभर्नर अधिकारीले त्यस्तो जोखिमबारे राष्ट्र बैंकले निर्देशन समेत जारी गरिसकेको बताए । गर्भनर अधिकारीले जोखिमको क्षेत्रमा लगानी नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले निर्देशन दिने काम गरिरहेको समेत बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime