काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रभु इन्स्योरेन्सले १२ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको साही अवधिको तुलनामा २.०१ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा १२ करोड ४९ हजार नाफा कमाएको थियो ।
यो अवधिमा कम्पनीको बीमाशुल्क आर्जन ८.३८ प्रतिशतले बढेर ३० करोड ६२ लाख रुपैयाँ बढी रहेको छ । यस्तै लगानी तथा कर्जाबाट हुने आम्दानी १८.३२ प्रतिशतले बढेर ४ करोड ९१ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको कुल आम्दानी ८.७६ प्रतिशतले बढेर ४८ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।
पुस मसान्तम्म कम्पनीको प्रतिसेयर आम्दानी १४.१२ रुपैयाँबाट बढेर १४.४० रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २०३.११ रुपैयाँ रहेको छ।
१ अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको विषेश जगेडा कोषमा १ अर्ब २८ करोड ५६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १० करोड ७३ लाख रुपैयाँ र जगेडा कोषमा झण्डै २० करोड रुपैयाँ छ।











प्रतिक्रिया दिनुहोस्