Skip to content

फागुन २० देखि २२ गतेसम्म बिदा दिन निर्वाचन आयोगको सिफारिस

काठमाडौं । निर्वाचनका समयमा तीन दिन बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । आज आइतबार सरकारलाई पत्र लेख्दै आयोगले आगामी फागुन २१ को चुनावलाई लक्षित गर्दै बिदा दिन सिफारिस गरेको हो।

आगामी फागुन २० गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदा गर्न आयोगले पत्राचार गरेको गृह मन्त्रालयले जनाएको छ। ‘निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले आयोगले बिदा सिफारिस गरेको हो । बिदाको निर्णय भने अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima