Skip to content

संस्थापक भण्डारीको पुनरागामनपछी दोलखामा गुरुङलाई सहज बन्दै

nabil bank

दोलखा । नेकपा एमाले दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै फर्किएका छन् ।

उनकी श्रीमती कल्पना भण्डारी तथा भीमेश्वर नगरपालिकाकी पूर्व उपमेयर शान्त बस्नेतसहितका कार्यकर्ता एमालेमा फर्किएका छन् । भण्डारी एमाले दोलखाको दुई कार्यकाल पार्टी प्रमुख, पार्टी केन्दीय अनुशासन आयोग सदस्य तथा पुर्व जिविस उपसभापतिसमेत भैसकेका छन् ।

आयोजित पुनर्मिलन कार्यक्रममार्फत संस्थापक नेता भण्डारीसहितलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरिएको थियो ।

पुनर्मिलन कार्यक्रममा नेता भण्डारीले एमालेको सम्पूर्ण शक्ति एकजुट भएर जनतामाझ जाँदा मात्रै विजयी हासिल गर्न सकिने बताए । उनले दोलखामा पार्टीलाई पहिलो शक्ति बनाउन सबै नेता–कार्यकर्तालाइ समन्वय र सहकार्यसहित सकृय बन्न आह्वान गरे ।

‘अब विभाजन र अन्तर्विरोध होइन, एकताको सन्देश लिएर जनताको घरदैलोमा पुग्नुपर्छ,’ उनले भने ।

उनले आगामी निर्वाचनमा एमाले उम्मेदवार पार्वत गुरुङलाई विजयी गराउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे । ‘दोलखाको विकास र स्थायित्वका लागि एमालेको जित आवश्यक छ,’ उनको भनाइ थियो।

चार वर्षअघि एमाले विभाजनपछि नेता भण्डारी नेकपा (एकीकृत समाजवादी) मा पोलिटब्युरो सदस्यका रुपमा सक्रिय थिए । पार्टी महाधिवेशन हुँदा उनी घनश्याम भुषाल प्यानलबाट उपमहासचिवको उम्मेद्वार पनि बनेका थिए । एमालेलाई बाइपास गरेर माओवादीसग मात्र मिल्ने अध्यक्ष माधवकुमार नेपालसहित बहुमत पङ्क्तिको निर्णयमा असहमत भण्डारीलाई समर्थन गर्ने दोलखाको बहुसङ्ख्यक हिस्सा एकतामा सामेल भएको थिएन ।

एक पालिका प्रमुख, एक उपप्रमुख र वडाध्यक्षसहित जनप्रतिनिधी जितेको तत्कालीन नेकपा एसका अधिकांश नेता( कार्यकर्ता एमालेलाई सघाउने निष्कर्षमा पुगेको बताइएको छ । काठमाडौंस्थित सम्पर्क मंचका पूर्व नेतृत्वहरुले पनि भण्डारीलाई नै साथ दिदै आएका छन । उनको फिर्तिसँगै माओवादीसहित मिलेर बनेको नेकपामा सामेल छिटफुट नेता–कार्यकर्ता पनि घर फिर्तिकै निर्णय लिने दिशामा रहेको बताइएको छ । यसले ०४८ देखि नै गढको रुपमा चिनिएको दोलखामा फेरि फराकिलो जितका लागि अनुकुल वारवरण बन्दै गएको एमालेले आन्तरिक विश्लेषण गरेको छ ।

पछिल्लो समय बदलिएको राजनीतिक परिस्थितिमा पुनः एमालेमै फर्किने निर्णय गरेको कार्यक्रममा भण्डारीले बताए ।

पार्टी नेताहरूले भण्डारीसहित अन्य नेताहरूको पुनरागमनले दोलखामा एमालेको संगठन थप मजबुत बन्ने विश्वास व्यक्त गरेका छन्।  पुराना नेताहरूको अनुभव र कार्यकर्तामाझको प्रभावले आगामी चुनावी अभियानमा सकारात्मक ऊर्जा थप्ने पनि अपेक्षा गरिएको छ ।

केही दिनअघि मात्र तत्कालीन युवा सघ जिल्ला सचिवसहित एक दर्जन युवाको जिल्ला नेतृत्व एमालेमा प्रवेश गरेको थियो । त्यस्तै तत्कालीन नेकपा एसकै उधोग व्यबसायी महासघका उपमहासचिव प्रकाश कटुवालले पनि नेकपा परित्याग गरेका थिए । पार्टी फरक हुदा पनि ०७९ को स्थानीय निर्वाचनदेखी नै कटुवालले एमालेलाई नै सहयोग गर्दै आएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi