Skip to content

ललितपुर-२ : टेलिभिजनमा तीखो प्रश्न सोध्ने स्पष्ट वक्ता खरेलको कस्तो छ चुनावी तयारी ?

nabil bank

ललितपुर । विगत २५ वर्षदेखि टेलिभिजनको पर्दा र रेडियोका माइकबाट जनताका प्रश्न सत्ताको कानसम्म पुर्‍याइरहेका, तीखो प्रश्न सोध्ने स्पष्ट वक्ताका रुपमा चिनिएका जगदीश खरेल अहिले नयाँ र निर्णायक भूमिकामा छन् ।

आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् । यतिबेला खरेल आफ्नो क्षेत्रमा रहेका चोक, चियापसल र टोलबस्तीहरूमा रहेका स्थानीयसँग भेटघाटमा व्यस्त छन् ।

दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका–सुनखानीमा २०३९ सालमा जन्मिएका खरेलको यात्रा संघर्ष र निरन्तरताको एउटा दस्तावेज नै हो । २०५६ सालमा केएटिएच एफएम र इमेज च्यानलबाट सुरु भएको उनको सञ्चार यात्राले २५ वर्षको सफल वसन्त पार गरिसकेको छ ।

आरआर क्याम्पसबाट पत्रकारितामा स्नातकोत्तर गरेका र हाल अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गर्दै गरेका खरेल बौद्धिक रूपमा चिनिन्छन् । खरेलले करिब चार महिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रूपमा काम गरे । २०८२ असोज ६ देखि माघ ५ गतेसम्मको छोटो समय मन्त्रीको रुपमा काम गरे ।

भदौ २३ र २४ गते भएको जेनजी आन्न्दोलनपछि बनेको सरकारमा उनी सञ्चार मन्त्री बने । उनले चार महिना मन्त्रीको रुपमा काम गरे । लगत्तै उनी रास्वपाबाट निर्वाचनमा होमिदा केही आलोचना नभएको भने होइन । खरेलले राप्रपाले गरेको आन्दोलनको क्रममा निधन भएका पत्रकार शुरेस रजकलाई सहिद घोषणा गर्ने निर्णयदेखि डिजिटल अभिव्यक्ति र सूचनाको पहुँचमा उनले गरेका नीतिगत सुधारका काम गरेका छन् ।

उनले फागुन २१ मा हुने निर्वाचनको वातावरण बनाउन सरकारमा रहेर खेलेको समन्वयकारी भूमिकालाई राजनीतिक वृत्तमा अहिले पनि चर्चाको विषय बनेको छ ।

ललितपुर–२ को माटो र नेवारी सभ्यतासँगको सामीप्य

दोलखामा जन्मिए पनि खरेल विगत २५ वर्षदेखि ललितपुरमा बस्दै आएका छन् । ललितपुर–२ को महालक्ष्मी नगरपालिका, बोजेपोखरीमा संयुक्त परिवारमा बस्दै आएका उनले यहाँको नेवारी सभ्यतालाई आत्मसात् गर्र्दै आएका छन् ।

‘मैले ललितपुरलाई बुझेको मात्र छैन, यहाँको सुख दुःखमा सँगै भिजेको छु’ उनी भन्छन् । स्थानीय मतदाताहरूका अनुसार खरेलको व्यक्तित्व ‘पहुँचयोग्य’ र ‘भरोसायोग्य’ हुनु नै उनको सबैभन्दा ठूलो शक्ति हो ।

कस्तो छ प्रतिस्पर्धा ?

ललितपुर क्षेत्र–२ मा २३ जनाको उम्मेदवारी परेको छ । जसमा ७ स्वतन्त्र र १६ विभिन्न राजनीतिक दलका छन् । नेपाल कम्युनिस्ट पार्टीबाट राजेन्द्र अमात्य, कांग्रेसबाट प्रेमकृष्ण महर्जन र रास्वपाबाट निवर्तमान मन्त्री जगदीश खरेलको उम्मेदवारी परेको छ ।
अन्य दलका उम्मेदवारहरू चुनावी मैदानमा भएपनि खरेलको चर्चा पनि कम छैन ।

खरेलले आफुलाई ‘अब्बल’ दाबेदारको रुपमा देखाउँदै आएका छन् । हिजोका दिनमा संसद र सरकारलाई प्रश्न गर्ने खरेल अब आफैं प्रश्नको जवाफ दिन संसद छिर्ने प्रयासमा छन् । संसदमा प्रभावकारी रूपमा विषय उठाउन सक्ने उनको वाककला र विषयवस्तुको ज्ञानले ललितपुर–२ का मतदातालाई आकर्षित गर्ने प्रयासमा छन् ।

फागुन २१ मा हुने निर्वाचनमा खरेललाई सहज भने छैन । उनको प्रतिस्पर्धीको रुपमा स्थानीय अमात्य, महर्जनहरु पनि मैदानमा छन् । अन्य दलका विभिन्न जनबर्गीय संगठन पनि निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्नका लागि मनदाताको घर दैैलोमा पुग्ने, आफ्नो योजना सुनाउने क्रममा तिब्र रुपमा लागेका छन् ।

हिजोसम्म टेलिभिजन सेटमा बसेर जनताका कुरा उठाउने खरेल, अब ती प्रश्नहरूको उत्तर खोज्न र नीति निर्माण गर्न संसदको मञ्चमा उभिने लक्ष्यमा छन् । निर्वाचन नजिकिँदै गर्दा ललितपुर(२ मा देखिएको जनलहरले भन्छ— जगदीश खरेल अब केवल पत्रकार र पूर्वमन्त्री मात्र रहेनन्, उनी विकास र परिवर्तनको एउटा भरपर्दो खम्बा बन्दैछन् ।

यसअघिको परिणाम

२०७९ मंसिर ४ गते भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका थिए । एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका थिए भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ९ हजार ५३९ मत पाएका थिए ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi