काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–१ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उमेदवार बनेकी मेनुका भण्डारी (कृतु) ले २३ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेकी छिन् ।
निर्वाचन नजिकिँदै जाँदा उनले आफ्नो निर्वाचन क्षेत्रका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेकी हुन् । उनले आफ्नो निर्वाचन क्षेत्रका लागि सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा संबिधानको आधारभूत बिषयको रक्षा गर्दै आवश्यकता अनुसार संशोधन गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीका मौलिक हक ग्यारेन्टी गर्ने, राजनीतिक स्थिरताकालागी शासकिय स्वरूपमा परिमार्जन गर्ने, नेवाः लगायत अन्य समुदाय, भाषा, धर्म, संस्कृती, कला र सम्पदाको संरक्षण गर्ने, भ्रष्टचार बिरुद्ध शुन्य सहनशिलता अपनाउदै सुशासन स्थापना गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
यस्तै जेन्जी आन्दोलनका क्रममा आफ्नो निर्वाचन क्षेत्र भित्र धेरै क्षती भएको (सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत, सडक बिभाग, जिल्ला अदालत लगायत) क्षतिको यथाशिग्र पुनर्निर्माण गर्ने, सबै बर्ग, जाति, लिङ्ग र समुदाय बिच समानता कायम गर्दै सामाजिक न्याय सुनिश्चित गर्ने रहेको छ ।
यस्तै सुबिधा सम्पन्न जेष्ठ नागरिक मिलन केन्द्रहरू स्थापना गर्ने, उपत्यका ट्राफिक समस्या समाधानको निमित्त सार्बजनिक यातायातको प्रबद्र्धन गर्नुका साथै उपत्यकाका सबै निर्वाचन क्षेत्र र स्थानीय तहहरूसंग समन्वय गरी पोर्डवे, मेट्रो, अन्डरपास तथा फ्लाइओवरहरूको सम्भाब्यता अध्ययन गरी कार्यन्वयनमा ल्याउने प्रयत्न गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
यस्तै पार्किङको ब्यबस्थापन गर्न आबश्यक स्थानहरूको पहिचान गरी प्राबिधिक परिक्षणको आधारमा सुलभ र सुबिधा सम्पन्न पार्किङ पुर्बधारको बिकास पहल गर्न, फोहर मैला ब्यबस्थापन गरी स्वस्थ बस्ती निर्माणका साथै हरियाली प्रबर्धन र वातावरण मैत्री बिकासलाइ प्राथमिकता दिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
डिजिटल रोजगारी र आइटिहवको बिकास गरी युवाहरूलाइ बिदेश पलायन हुनबाट रोक्नका साथै आत्मनिर्भर तथा उत्पादनमूलक रोजगारी प्रवद्र्धनका लागि विशेष कार्यक्रम लागू गर्ने, सबै क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व मात्रै नभएर अर्थपुर्ण सहभागिताको सुनिश्चित गर्ने, पछिल्लो समयमा भएको जेन्जी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका युवाहरूको सम्झनामा जेनजी स्मारक पार्क निर्माण गर्ने, आगामी दुइ बर्ष भित्र यस क्षेत्रमा रहेका स्वबासी, अब्यबस्थित बसोबासी, भुमिहिन तथा सुकुम्बासी समस्याको ब्यबहारिक तवरबाट हुने उचित, सम्मानजनक पुनस्र्थापना एवं बैज्ञानिक तवरबाट समाधान गर्नुका साथै “एक परिवार, एक आवास” अवधारणा कार्याक्रम चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
यस्तै सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध गरी लाभान्वित गर्ने, उच्चस्तरीय प्रशासन संरचना पुनरावलोकन आयोग गठन पहल गर्ने, ई–शासन ब्लूप्रिन्ट लागू गरी अनुहार रहित, कागजात रहित तथा नगद रहित प्रशासन प्रणाली विका सरकारी वा संस्थागत कार्यालयका सम्पुर्ण कार्य प्रकृयाहरूलाइ डिजिटल माध्यमबाट संचालन गर्न, प्रत्येक घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गर्ने, एक वर्षभित्र उच्चस्तरीय स्वतन्त्र सम्पत्ति छानबिन आयोग गठन गरि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन पहल गर्ने, शिपमुलक तालिमका साथै महिला उद्यमीलाई व्यवसायिक ऋणमा २५ प्रतिशत ब्याज छुट प्रदान गरि बृहत महिला उद्यमशिलताको ब्यबस्था गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
एकल महिलाको भत्तामा समयानुकूल वृद्धि गरी महिला विशेष रोगहरूको निःशुल्क उपचार सुनिश्चित गर्ने, नेपालको असंलग्न परराष्ट्र नीतिलाई थप सुदृढ गददै राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सर्वोच्च प्राथतमिकतामा राखी कार्यनीति बनाउने प्रतिबद्धतापत्रमा उल्लेख छ ।











प्रतिक्रिया दिनुहोस्