काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २५ वटा निर्णय गरेको छ ।
उक्त निर्णय आज गृहमन्त्री तथा सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले सार्वजनिक गरेका छन् ।
सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस्तै निर्वाचनको क्रममा घाइते हुने सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार खर्च सरकारले व्यहोर्ने र मृत्यु भएमा परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
यस्तै बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत केरावारी–न्यू मर्स्याङ्दी, माथिल्लो जुनवेशीखोला र सेती खोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र रुख हटाउन स्वीकृति दिने पनि निर्णय गरिएको छ ।
यस्तै नेपाली सेनाका २ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने र २ जना महासेनानीको सरुवा गर्ने निर्णय गरेको छ ।











प्रतिक्रिया दिनुहोस्