काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले पछिल्लो समय दुई खाले सोच भएका व्यक्तिको कारण समस्या बढ्दै गएको बताएका छन् ।
सुर्खेतमा काँग्रेसले आयोजना गरेको चुनावी सभामा उनले यस्तो बताएका हुन् । ‘एउटा प्रवृति छ, जसले भदौ २३ र २४ गते जे भयो त्यसलाई इन्कार गर्छ र भदौ २३ गते अघि र २३ गते देश सबै ठिकठाक थियो । सबैले दुधभात खाएका थिए । केही भएको थिएन’ उनले भने ‘अर्को प्रवृति छ, जसले बोल्दैन, भन्दैन । तर, २३ र २४ गते बलेको आगोमा पेट्रोल थपेर केवल आफ्नो राजनीतिको रोटी सेक्छ । केवल आफ्नो फाइदा मात्रै हेर्छ । यो दुवै अतिवादी सोच हो ।’ यो दुवै सोचले नेपालमा भदौ २३ र २४ गतेको दुर्घटना भएको र यही सोचले फेरी त्यस्तै घटना घटाउने बताए । काँग्रेस यो दुवै सोचसँग सहमत नभएको बताए ।
उनले समयमा नै निर्वाचन गर्नका लागि सरकारलाई सहयोग गर्ने बताए । उनले काँग्रेसले संविधान कार्यान्वयनमा सहयोग गर्दै जाने बताए ।
उनले भदौ २३ र २४ गतेका कारण फागुन २१ आएको बताए स्मरण गर्दै अबका दिनमा यो देशमा सरकारको गोलीले कसैको ज्यान जान नहुने, कुनै नकाबधारीले सिंहदरबार लजाउन नहुने बताए ।











प्रतिक्रिया दिनुहोस्