Skip to content

बीबीसी डकुमेन्ट्रीप्रति महासचिव पोखरेलको आपत्ति, ‘‘भूराजनीतिक चलखेलको संकेत”

nabil
global ime

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका बारेमा तयार पारेको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको टिप्पणी गरेका छन् ।

चुनावको मुखमा सार्वजनिक गरिएको बिबिसी को डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन’ उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो ।’

चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो ? भन्दै उनले प्रश्न समेत गरेका छन् ।
उनले थप लेखेका छन् ‘हामीले बुझ्नुपर्छः लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्छ । (नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी हो । सूचना स्वतन्त्र हुनुपर्छ, समय सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्छ । भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिऔँ । सचेत बनौँ, तथ्य जाँचौँ, र राष्ट्रिय हितको पक्षमा उभिऔँ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T