Skip to content

कास्की क्षेत्र-२ का एमाले उम्मेदवार रश्मि आचार्यले गरे सम्पत्ति विवरण सार्वजनिक

nabil
global ime

पोखरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट कास्की क्षेत्र–२ का उम्मेदवार रश्मि आचार्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

बिहीबार भरतपोखरीमा मतदाता भेटघाटका क्रममा लामगादीमा आयोजित युबा भेलामा उनले सम्पत्ति विवरण सार्वजनिक गर्दै आफू सधैं पारदर्शिता, सुशासन र जवाफदेहिताको पक्षमा उभिएको बताए ।

सार्वजनिक गरिएको विवरणअनुसार उम्मेदवार आचार्यको आफ्नै नाममा हाल कुनै सम्पत्ति रहेको छैन । पुख्र्यौली जग्गा जमिन उनको बुबाको नाममा रहेको छ । आफुले लेखेको लेखबाट प्राप्त रकम र श्रीमतीको जागिर नै आफ्नो कमाई भएको आचार्यले स्पष्ट पारे ।

‘इमानदारी र नैतिकतालाई उच्च आदर्श मानेर अघि बढेको छु । अहिलेसम्म कसैसँग बेइमानी गरेको छैन, भोलि पनि गर्ने छैन,” आचार्यले भने, ‘आज मसँग जे–जति छ, तपाईँहरूलाई जानकारी गराएको छु, भोलि पनि नियमित रूपमा जानकारी गराउनेछु ।’

उनले पदमा पुगेपछि मात्र होइन, उम्मेदवारीकै चरणमा सम्पत्ति विवरण सार्वजनिक गर्नु जनताप्रतिको उत्तरदायित्व भएको उल्लेख गरे । विजयी भएपछि मात्र सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा रहे पनि आफूले आम मतदातालाई सुसूचित गर्ने उद्देश्यले अग्रीम रूपमा विवरण सार्वजनिक गरेको स्पष्ट पारे ।

मृद्धि र विकासलाई ‘अर्जुन दृष्टि’ बनाउँदै निःस्वार्थ सेवाभावका साथ उम्मेदवारी दिएको बताउने आचार्यले आफ्नै जन्मभूमिका बासिन्दालाई साक्षी राखेर सम्पत्ति विवरण सार्वजनिक गर्नु राजनीतिक इमानदारीताको उदाहरण भएको स्थानीयवासीको धारणा छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T