Skip to content

निक्कीमा विजय आमेटाको प्रवेश

nabil bank

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले डाबर नेपालका बिजनेस हेड हर्किरत सिंह बेदीलाई औपचारिक बिदाइ गर्दै उनको ठाउँमा विजय आमेटालाई स्वागत गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा संघले बेदीलाई बिदाई गरेको हो ।

कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष कुनाल कायलले बेदीले नेपाल–भारत निजी क्षेत्रबीच संवाद र विश्वासको वातावरण सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले डाबर नेपालले नेपाली अर्थतन्त्रमा निरन्तर पुर्‍याउँदै आएको बताए ।

बेदीले डाबर नेपालमा नेतृत्व सम्हाल्नुका साथै संघमा उपाध्यक्ष र इन्डिया बिजनेश फोरमका संयोजकका रूपमा काम गरेका थिए ।

संघका पदाधिकारीहरूले उनको कार्यकालमा संस्थागत सहकार्य विस्तार, नैतिक व्यावसायिक अभ्यास प्रवर्द्धन र नेपाल–भारत निजी क्षेत्रबीच सहकार्य अभिवृद्धिमा उल्लेखनीय प्रगति भएको बताए ।

संघका महासचिव राजन शर्माले बेदीले संघ र समग्र नेपाली अर्थतन्त्रमा पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरे। उनले व्यापार सहजीकरण तथा कर्पोरेट सामाजिक उत्तरदायित्वका पहलहरूमा बेदीको नेतृत्व सकारात्मक र प्रभावकारी रहेको उल्लेख गरे।

त्यस्तै, आईबीएफका सह–संयोजक साइबल घोषले संघका उपाध्यक्ष तथा आईबीएफ संयोजकका रूपमा बेदीले सहमति निर्माण र रणनीतिक प्राथमिकता अघि बढाउन सक्षम नेतृत्व प्रदान गरेको बताए।

कार्यक्रममा संघका उपाध्यक्ष तथा हालका आईबीएफ संयोजक गौरव तयालले विजय आमेटालाई नयाँ जिम्मेवारीका लागि स्वागत गरे । आमेटाको नेतृत्वमा डाबर नेपाल र संघबीचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।

संघले डाबर नेपालसँग नजिकबाट सहकार्य जारी राख्ने प्रतिबद्धता पनि दोहोर्‍याएको छ। सरकारबाट निर्याततर्फ सबैभन्दा ठूलो करदाता कम्पनीका रूपमा मान्यता प्राप्त डाबर नेपालले द्विपक्षीय व्यापार, लगानी र आर्थिक सहकार्य प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको संघले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi