Skip to content

होलीमा मञ्च, मेला र महोत्सव गर्न प्रशासनको रोक, के गर्न पाइँदैन? 

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्षको होली पर्वका अवसरमा खुला सडक तथा सार्वजनिक स्थानमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न र मेला–महोत्सव आयोजना गर्न रोक लगाएको छ।
कार्यालयले सूचना जारी गर्दै खुला स्थानमा भेला भई भीड जम्मा गर्ने, मञ्च निर्माण गरी सांगीतिक कार्यक्रम सञ्चालन गर्ने, मेला–महोत्सव आयोजना गर्ने तथा मादक पदार्थको बिक्री–वितरण र सेवन गर्ने जस्ता गतिविधि नगर्न–नगराउन सबैलाई अनुरोध गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जानकारी दिए। होली पर्वको नाममा चुनाव प्रचार हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले विशेष कडाइ गरेको जनाएको छ।
सूचनामा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराइएको छ। निर्वाचन चिह्न वा झन्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन तथा झोला बोक्न नहुने स्मरण गराइएको छ। होलीलाई लक्षित गरी निर्वाचन चिह्न वा उम्मेदवारको तस्बिर अंकित भेष्ट, टिसर्ट, कमिज, गम्छा लगायतका सामग्री प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।
यसैगरी, होली पर्वलाई मर्यादित र व्यवस्थित बनाउन कसैको इच्छा विपरीत रंग–अबिर दल्न वा लोला हान्न समेत रोक लगाइएको छ। प्रशासनले शान्ति सुरक्षा र सार्वजनिक मर्यादा कायम राख्दै पर्व मनाउन सबैमा अपिल गरेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima