दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् ।
मुलुकको सार्वभौम संसदलाई ध्वङ्सको माध्यमबाट बललफ्ती विघटन गरिए पछि देश संकट तर्फ धकेलिएको उनको भनाई छ ।
शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको बा सँग विद्यार्थी कार्यक्रममा उनले देशमा आई परेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको समेत बताए ।
उनले एमाले चुनावबाट न भाग्ने भएकाले देशै भरि पार्टी चुनावमा केन्द्रित भएको उल्लेख गर्दै ओलीले आगामी चुनावबाट एमालेनै पहिलो शक्ति बन्ने र देशमा आई परेका समस्याहरुको समाधान निकाल्ने बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने समेत बताए । चुनावलाई निष्पक्ष, धाँधली रहित बनाउन सरकार गम्भिर नदेखिएको समेत उनको भनाई छ ।
कार्यक्रममा उनले युवाहरुलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यस्ता भ्रमहरु चिर्ने काममा लाग्न आग्रह गए ।
कार्यक्रममा युवा विद्यार्थीहरुले अध्यक्ष ओली समक्ष विभिन्न जिज्ञासा राखेका थिए । उनीहरुको जिज्ञासा संवोधन गर्दै उनले कुनै पनि पार्टीले कस्तो भुमिका निर्वाह गर्छ र के गर्छ भन्ने कुरा उसको सिद्धान्त, कार्यक्रम र एजेण्डाले निर्धारण गर्ने भन्दै एमालेका कार्यक्रम र सिद्धान्तहरु जनता सम्म पुर्याउन सुझाव पनि दिए ।











प्रतिक्रिया दिनुहोस्