Skip to content

बल्ल फरक पोसाकमा देखिए रास्वपाका वरिष्ठ नेता बालेन (तस्विरसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) फरक पोसाकमा देखिएका छन् । चितवनमा आयोजित रास्वपाको “हामी आयौं” परिवर्तन उद्घोष सभामा बालेन फरक पोसाकमा देखिएका हुन् ।

उनले यस सभामा परम्परागत नेपाली ढाका पोसाक लगाएका छन् । काठमाडौं महानगरपालिकाको मेयर बनेदेखि हालसम्म सधैं कालो पोसाकमा मात्र देखिन्थे। सार्वजनिक कार्यक्रममा उनी कालो पोसाक बाहेक अन्य पोसाकमा देखिने दुर्लभ दृश्य थियो।

ढाका पोसाक, नेपाली सांस्कृतिक पहिचानको प्रतीक मानिन्छ। यो कपडा विशेष गरी हस्तनिर्मित धागोबाट बुनेको र रंगीन ढाँचामा सजाइएको हुन्छ। बालेनको ढाका पोसाकले नेपाली परम्परागत पहिरनप्रति सम्मान र सांस्कृतिक अभिव्यक्ति झल्काएको देखिन्छ ।

अहिले उनको पुरानो चश्मा समेत परिवर्तन भएको छ ।

यसैगरी, बालेनले जुनसुकै कार्यक्रम पुग्दा पनि जनतालाई ‘आई लभ यू’ भन्ने गरेका छन् । यस्तै उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खड प्रसाद ओली (केपी)लाई पनि उनका कार्यकर्ताले ‘आई लभ यु’ भन्ने गरेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T