Skip to content

पुराना दलले परिवर्तन गर्छन भन्ने विश्वास लाग्छ भने सबै भोट उनीहरुलाई दिनुः सभापति लामिछाने

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुुराना राजनीतिक दलले परिवर्तन गर्छन भन्ने विश्वास लाग्छ भने सबै भोट उनीहरुलाई दिन आग्रह गरेका छन् ।

रास्वपाले चितवनमा आयोजना गरेको चुनावी सभाले सभापति लामिछानेले यस्तो आग्रह गरेका हुन् ।

‘हैन भने ५ वर्षका लागि हामीलाई मत दिनुहोस । हामी गरेर देखाउँछौ । अहिले सबै रास्वपाले जित्नुपर्छ’ उनले भने ‘यो पटक अन्य सबै दललाई सडकको प्रतिपक्ष बनाउनु पर्नेछ ।’ ५ वर्षमा रास्वपाले काम गर्न सकेन भने सबै जनतालाई आफ्नै दललाई सहयोग गर्न आग्रह गरे ।

लामिछानेले ६५८ दिन अघि आफुसँग प्रमाण मागेको भन्दै अब त्यो प्रमाण नचाहिएको दाबी गरे । यस्तै उनले आफुलाई अन्तिम इच्छा सोधेको स्मरण गर्दै त्यो अब २१ गते देखाउने दाबी गरे । लामिछानेले देशलाई मागीखानेबाट हटाएर गरिखाने देश बनाउने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi