Skip to content

रास्वपाको चितवन भेलाः हरि ढकालको माइक काटियो, बालेन भन्छन्– बोल्नै दिँदैनन् यार..

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा आयोजना गरेको कार्यक्रममा २ वटा फरक खालको दृश्य देखिएको छ ।

त्यो दृश्य रास्वपाबाट चितवन क्षेत्र नम्बर १ का उम्मेदवार हरी ढकाल र बालेन साह सम्बन्धी छ । जसमा केही दृश्य हेर्दा सामान्य लागेपनि अर्थपूर्ण र केही दृश्य रमाइला, माया प्रेमले भरिएका जस्ता देखिए । पहिलो दृश्यक हो, चितवन क्षेत्र नम्बर १ का उम्मेदवार हरी ढकाल बोल्दा बोल्दै माइक काटियो ।
हो,
आज रास्वपाले चितवनमा आयोजना गरेको कार्यक्रममा ढकालले बोलिरहेको समयमा माइक काटियो । तै पनि उनी बोल्न खोज्दै थिए । पछि अक्कन बक्क भए ।

‘हामी धेरै गर्न आएका हौ । किनकी ३५ वर्षमा धेरै बिग्रीएको छ । त्यसका लागि के गर्नपर्ने छ देशैभरी म आह्वान गर्न चाहन्छु । यो परिवर्तनलाई भन्याजति संख्या पुर्याईदिनका लागि …….’ भन्दै गर्दा उनको माइक काटियो ।

माइक काटिएपछि केही समय ढकालले स्टेजतर्फ हेरे, जहाँ सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, बरिष्ठ नेता बालेन साह, नेतृ सोविता गौतम लगायत बसेका थिए । करिब ५ सेकेण्ड जति स्टेज तर्फ हेरेपछि कार्यक्रम प्रस्तोताले धन्यवाद हरि ढकाल भने । उनी उनी मलिन मुस्कानसहित स्टेजमा फर्किए ।

अर्को दृश्य बालेन साहसँग सम्बन्धी छ । रास्वपाका कार्यक्रममा पुग्दा साह चर्को स्वरमा भाषण गर्दैनन् । सायद उनी र्याप गाएर भएर थाहा भएको हुनसक्छ, चर्को स्वरमा भाषण गर्यो भने घाँटीमा समस्या हुन्छ भनेर । त्यती मात्रै होइन उनी लामो भाषण पनि गर्दैनन् । आज उनले चितवनमा भाषण गर्र्दै जाँदा बिचमा केही समय अवरोध भयो ।

उनले भाषणा गर्दै किसानका समस्याका बारेमा बोल्दै थिए । किसानको उत्पादनले बजार नपाएको, पारीबाट बढी तरकारी आयात हुने, किसानले दुध पोख्नु परेको, बजारमा मूल्य नपाएको भाषण गरिरहेका थिए ।

‘… देशबासीलाई आफ्नै तरकारी खुवाउन जरुरी छ । किसानलाई सही मूल्य दिन जरुरी छ । बर्षामा हाम्रा….’ बालेनले यति बोलेपछि उपस्थितहरुले उनको पक्षमा नाराबाजी गरे । यही क्रममा केही समयमा बालेनले ठट्यौली शैलीमाने ‘आईल लभ यू’, त्यसपछि माहोल झनै चर्कियो । अनी बालेनले दाहिने हातले टाउको कन्याउँदै भने ‘बोल्नै दिँदैनन यार… ’ यो क्रम करिब १२ सेकेण्डसम्म कायमै रहेपछि उनले अ्ख्हम गर्दै खोके ।

उपस्थितहरुले झनै नाराबाजी चर्काए । स्टेजमा रहेका सभापति रवि लामिछाने र हरी ढकाल भने मुस्कुराइ रहे । बालेनले यही बिचमा अहम् गर्दै मुस्कान दिए ।

होहल्ला करिब १ मिनेट हुन लागेपछि बालेनले ‘गीत बजाऔ, नाचौ भन्दै प्रस्ताव राखे । त्यसपछि उपस्थितहरु झनै रमाइलो मानेर नारा लगाउन थाले । उनको पक्षमा नारबाजी कम भएपछि बालेनले सम्बोधनलाई निरन्तरता दिए । त्यसपछि बर्षाको समयमा नेपालमा खेर जाने बिजुली र त्यसको सदुपयोगका बारेमा मन्तव्य राखे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi