Skip to content

मध्यपूर्व लगायतका देशमा रहेका नेपालीको सुरक्षाका लागि आवश्यक कदम चाल्न सरकारलाई ओलीको आग्रह

nabil bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा पछिल्लो समय बढ्दै गएको घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।

उनले संयुक्त अरब इमिरेट्स, इजरायल, इरान लगायत मध्यपूर्वका विभिन्न देशमा रहेका नेपालीलाई सुरक्षित र सजग रहन आग्रह गरेका छन् ।
साथै त्यहाँ रहेका दूतावास र सरकारलाई विदेशमा रहेका नेपालीको सुरक्षाका लागि तत्काल सक्रिय भएर आवश्यक कदम चाल्न अनुरोध गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘‘मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले हामीलाई चिन्तित तुल्याएको छ। युएई, इजरायल, इरान लगायत मध्यपूर्वी देशहरूमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई सुरक्षित र सजग रहन आह्वान गर्दै त्यहाँ रहेका नेपाली दुतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु।’’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi