काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘आइटी अडिट गाइडलाइनस् २०२६’ लागू गरेको छ। नेप्सेको निर्देशिकाअनुसार अब सबै ब्रोकर कम्पनीहरूले अनिवार्य रूपमा सूचना प्रविधिको अडिट गराउनुपर्नेछ।
ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस), ब्याक अफिस, ग्राहक डाटा व्यवस्थापन प्रणाली, सर्भर, डाटाबेस, नेटवर्क पूर्वाधारदेखि वेबसाइट र मोबाइल एपसम्म सबै प्रणाली परीक्षणको दायरामा पर्नेछन्। निर्देशिकाले आईटी सुशासन, जोखिम व्यवस्थापन, फायरवाल, एक्सेस कन्ट्रोल, इन्क्रिप्सन र नियमित डाटा ब्याकअपजस्ता पक्षमा कडा मापदण्ड तोकिएको छ। ग्राहक प्रमाणीकरण (केवाइसि) र पासवर्ड सुरक्षालाई पनि प्राथमिकता दिइएको नेप्से श्रोतले बतायो।
ब्रोकरहरूले प्रत्येक दुई वर्षमा कम्तीमा एक पटक आईटी अडिट गराउनु पर्ने छ । नयाँ ब्रोकरले ६ महिनाभित्र पहिलो अडिट सम्पन्न गर्नुपर्नेछ। योग्य र अनुभवी विशेषज्ञसहितको दर्ता प्राप्त फर्मले मात्र अडिट गर्न पाउने व्यवस्था गरिएको छ।











प्रतिक्रिया दिनुहोस्